News
अभिनेत्री महिमा सिलवालको अन्त्यष्टी सम्पन्न

अभिनेत्री महिमा सिलवालको अन्त्यष्टी गरीएको छ । विहिवार चितवनको देवघाटमा सिलवालको अन्त्यष्टी गरिएको हो ।
अभिनेत्री सिलवाललाई अन्तिम श्रद्धाञ्जलि दिन चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष नवल खड्का सहित केही कलाकारहरु चितवन पुगेका थिए । खड्काले सिलवालको पार्थीव शरिरमा नेपाल कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रदाञ्जली दिएका हुन् ।
काठमाडौंबाट चितवन भरतपुर महानगरपालिका–१३ गीतानगर स्थित घर जाने क्रममा धादिङको गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा बसको ठक्करबाट बुधबार साँझ अभिनेत्री सिलवालको निधन भएको हो । भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख १३५ नं. को बसले सिलवाल सवार बा ९८ प ७०५८ नं. को स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा महिमाकी बहिनी २२ वर्षीया शर्मिला सिलवालको समेत निधन भएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri