Manoj Pandit
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
नेपाल–अफ्रिका चलचित्र महोत्सवमा ‘छाँया’

‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ मा मनोज पण्डित निर्देशित चलचित्र छाँया प्रदर्शन हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अफ्रिकी मुलुकका चलचित्र सहित विभिन्न ११ वटा चलचित्रहरु प्रदर्शन हुने जानकारी दिइएको हो । जसमा नेपालबाट ‘छाँया’ प्रदर्शनका लागि छानिएको छ ।
कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनको आयोजनामा यही मंसिर १० देखि १२ गते सम्म महोत्सव चल्नेछ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा तीन दिनसम्म चल्ने महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ वटा चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशक डा मञ्जु मिश्रले जानकारी दिइन् । महोत्सवमा ‘छाँया’ सहित इजिप्टको ‘नासिर ५६’, स्वीजरल्याण्डको ‘लाइफ इन प्रोगेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’ र साउथ अफ्रिकाको ‘कल मि थिफ’ प्रदर्शन गरिनेछ ।
महोत्सवले नेपाल र अफ्रिकी मूलुककोे सम्बन्ध विस्तारमा टेवा पुग्ने आयोजकको दाबी छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri