This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
मरिश्कालाई दिलिपसँग फिल्म खेल्ने रहर

चलचित्र ‘के म तिम्रो होइन र’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री हुन् मरिष्का पोखरेल । मरिष्का पछिल्लो समय चलचित्र भन्दा पनि म्युजिक भिडियोमा सफल भएकी छिन । उनले अभिनय गरेको दोहोरी गीत ‘सालको पात टपरी हुने’ निकै चर्चित बनेको छ । यही गीतको भिडियोले उनलाई चर्चामा समेत ल्याएको छ ।
उनै मरिस्का अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बिच शंकरलाल श्रेष्ठको स्वर रहेको गीत ‘माया त लाउने हो’ को भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतमा मरिष्काले अभिनेता दीलिप रायमाझीसँग अनस्क्रिन रोमान्स गरेकी छन् ।
कक्षा २ मा अध्ययन गर्दा दिलिपको चलचित्र ‘दर्पण छाँया’ हेरेको स्मरण गर्दै उनले पहिलो पटक स्क्रिन सेयर गर्न पाउँदा एकदमै खुशी लागेको बताइन् । दीलिपको ठूलो फ्यान रहेको बताउँदै मरिशकाले चलचित्रमा पनि सँगै काम गर्ने रहर भएको बताइन । राम्रो स्क्रिप्ट र राम्रो टिमबाट अफर आएको खण्डमा आफु दीलिप रायमाझीसँग काम गर्न तयार रहेको उनको भनाई छ ।
सार्वजनिक गीतमा चलचित्र निर्देशक तथा लेखक दयाराम दाहालको शब्द तथा संगीत छ । भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन । कार्यक्रममा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, अभिनेता कृष्ण मल्ल, कलाकार रविन्द्र खड्का लगायतले शुभकामना दिएका थिए ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi