Melina Rai
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘दि ब्रेकअप’को गीत ‘आज हाम्रो भेट भाको दिन’ सार्वजनिक

चलचित्र ‘दि ब्रेकअप’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीत सन् १९९४ मा प्रदर्शनमा आएको चलचित्र ‘ज्वाला’मा समावेश गीतको रिमेक भर्सन हो ।
बुद्धवीर लामाको शब्द र शिला बहादुर मोक्तानको संगीत रहेको ओरिजिनल गीतमा आशा भोस्ले र उदितनारायण झाको स्वर रहेको थियो भने रिमेक भर्सनमा बिराज गौतम र मेलिना राईको स्वर रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी गरेको गीतमा सरोज खनाल, आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की लगायतका कलाकारहरुले नृत्य गरेका छन् । संयोग नै मान्नुपर्छ चलचित्र ज्वालामा पनि यो गीतमा खनालले नै नृत्य गरेका थिए ।
हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रमा नरेन्द्र मैनालीले छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीकै लगानी रहेको छ । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको चलचित्रको कथा निर्देशक बिसीकै हो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri