Milan Chams
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘वीरविक्रम २’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘वीरविक्रम २’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानिमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलर मसालेदार छ । कमर्शियल भ्यालु देखिएको ट्रेलरमा अभिनेताद्वय पल शाह र नाजिर हुसेनको मित्रता र अभिनेत्री वर्षा शिवाकोटीको पात्र बिचको प्रेमलाई देखाइएको छ । कलाकार बुद्धि तामाङ भने भिलेनको रुपमा प्रस्तुत भएका छन् ।
जेठ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । सन् २०१६ को चलचित्र बिर बिक्रमको सिरिजका रुपमा बिरबिक्रम २ बनेको हो । निर्माता समेत रहेका निर्देशक चाम्सका अनुसार बिरबिक्रम भन्दा फरक कथावस्तुमा निर्माण भएका कारण यसलाई सिक्वेल नभनेर सिरिज भनिएको छ ।
चलचित्रमा सुदीप बरालको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र प्रदीप भारद्धाजको लेखन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri