Milan Chams
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
पोखरा र चितवनमा ‘विर विक्रम २’ कन्सर्ट

मोफसल टुर अन्र्तगत चलचित्र ‘विर विक्रम २’ टिमले पोखरा र चितवनमा कन्सर्ट गरेको छ । पोखरा र चितवनमा कन्सर्ट सकेर चलचित्रको टिम आइतबार काठमाण्डौ फर्किएको छ । पोखरा र चितवनमा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, बाल कलाकार मनिष, गायक दिपक लिम्बुको सहभागीता रहेको थियो ।
आगामी जेठ ३ गतेबाट प्रदर्शन हुने चलचित्रको मोफसल कन्सर्टमा कलाकारहरुले ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतमा नृत्य गरेका थिए । मोफसलका दुई सहरमा निमार्ण टिमले कन्सर्ट का साथै पत्रकार भेटघाट कार्यक्रको समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा बोल्दै ‘विर विक्रम २’का निर्देशक मिलन चाम्सले नेपाली सिनेमाको गुणस्तर बढ्दै जादा हलमा दर्शकको उपस्थिती समेत बढेको सुनाए । मिलनले पोखरा र चितवनका दर्शकले नेपाली चलचित्रलाई अत्याधिक माया दिएको भन्दै सम्पुर्ण नेपाली दर्शकलाई धन्यवाद दिए ।
अभिनेत्री वर्षा सिवाकोटीले राम्रो सिनेमा निर्माण गरेको खण्डमा जहिले नेपाली चलचित्रलाई दर्शकले सधैँ साथ दिने भन्दै ‘विर विक्रम २’लाई पनि सम्पुर्ण दर्शकले एक पटक र मन परेको खण्डमा पटक पटक हेरेर साथ दिन आग्रह गरिन् । यस्तै अभिनेताद्धय पल शाह र नाजिर हुसेनले ‘विर विक्रम २’ सम्पुर्ण दर्शकले हेर्नै पर्ने उत्कृष्ट चलचित्र बनेको बताए । यस्तै यो चलचित्रबाट आफहरुले निकै आशा राखेको भन्दै सम्पुर्ण पोखरेली तथा चितवने दर्शकबाट उक्त आश पुरा गर्न सवैको साथ तथा सहयोग मिल्ने अपेक्षा व्यक्त गरेका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri