Mukunda Bhatta   
Movie's Credit : Director / Screenplay / Dialogue / Action Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘लप्पन छप्पन २’मा राजनीतिक कथा

लेन्सनेपाल २०७८ फागुन १०
‘लप्पन छप्पन २’मा राजनीतिक कथा

चलचित्र ‘लप्पन छप्पन २’ पाँच भाषामा रिलिज हुने भएको छ । निर्देशक मुकुन्द भट्टले दिएको जानकारी अनुसार चलचित्र नेपाली सहित हिन्दी, तामिल, तेलगु र भोजपुरी भाषामा रिलिज हुनेछ । नेपाली बाहेकका चार भाषाको लागी भारतिय कम्पनी पशुपति प्रोडक्सनले राइटस् खरिद गरिसकेको छ ।

चलचित्र यही फागुन २० गतेबाट प्रदर्शन हुँदैछ । नेपालमा चलचित्र प्रदर्शन भएको केही समयपछि अन्य भाषामा चलचित्र रिलिज हुनेछ । यसका साथै ओटिटी प्लेटर्फमा पनि बिभिन्न भाषामा चलचित्र प्रदर्शन हुनेछ ।

एक्सन जनराको चलचित्रले देशको राजनीतिक परिपाटीलाई चित्रण गर्न खोजेको छ । चलचित्रको ट्रेलरमा समावेश ‘चुनाब तपाईहरु गराउनुहुन्छ, भोट तपाईहरु दिनुहुन्छ, सरकार तपाईहरु बनाउनु हुन्छ तर, त्यो सरकार’ डायलगलाई धेरैले वर्तमान राजनीतिक घट्नाक्रमसँग निकट रहेको भनेका छन् । ट्रेलरका अनुसार संसद बिघटन पछि नयाँ सरकार बनाउने सिलसिलामा सांसद खरिदका लागि बिदेशबाट कसैले कालो धन पठाएको कथा चलचित्रमा समावेश छ । निर्देशक भट्ट देशको राजनीतिक घट्ना परिघट्नाबाट नै यसको कथा जन्मिएको बताउँछन् ।

चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतका कलाकारले डेब्यु गर्दैछन् ।

निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा र संवाद रहेको चलचित्रमा अमित शर्माले पनि पटकथामा साथ दिएका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट एमआर आरजे, दीपक आरजे र बुलेट फ्लोको संगीत, किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसीसहित निर्देशक भट्टको एक्सन, निरज केसीको साउण्ड डिजाइन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह–निर्मातामा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् । चलचित्र निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।