This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
संसार आफु अनुसार भन्थे, कहाँ हुँदो रहेछ र - नाजिर हुसेन, कलाकार

कलाकार नाजिर हुसेन जति राम्रो अभिनय गर्छन उत्तिनै राम्रो कबिता पनि लेख्छन् । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि उनले लेखेको कबिता केही दिन अघि सामाजिकमा भाइरल नै भएको थियो ।
साहित्यीक मनका धनी नाजिरले आफ्ना भावनाहरुलाई कवितामा व्यक्त गर्ने जनाउँछन् । केही दिन अघि टिभी फिल्मीको कार्यक्रम ‘फिल्मी बहस’मा कुरा गर्दै गर्दा नाजिरले आफ्नो जीवनको अनुभुतिलाई कविता मार्फत नै प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालक बिष्णु सुबेदीले जीवन के रहेछ भन्दा उनले जीवनको अनुभुति सहितको कबिता सुनाए थिए जुन यस्तो छ :
यदी कसैले मलाई माया के हो ? भनेर सोध्यो भने,
म एउटा सुन्दर फूल मेरो आँगनमा रोप्थे होला
यदी कसैले मलाई सम्बन्ध के हो ? भनेर सोध्यो भने
म खोलासँग सोध्थे होला, किनार सँगको सम्बन्ध
यदी कसैले जीवन के हो ? भनेर सोध्यो भने
म स्तब्ध हुन्थे होला
हिजो जीवनको यही मोडमा
मैले मेरा आफ्नाहरु गुमाए
आज जीवनको यही मोडमा
परायाहरु गुमाउँदै छु
संसार आफु अनुसार भन्थे
कहाँ हुँदो रहेछ र
New Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri -
Mayavi
Director : Diwakar Bhattarai
Casts : Paul Shah, Dipika Prasai, Prashant Tamrakar, Sushil Sitaula, Karishma Shrestha -
Laaj Sharanam
Director : Kumar Kattel
Casts : Sitaram Kattel, Bijay Baral, Arpan Thapa, Vijay Lama, Srijana Adhikari
Next Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant