Narayan Rayamajhi
Movie's Credit : Director / Producer / Story / Screenplay / Dialogue / Lyricist / Music Director / Playback SingerSong's Credit : Cast / Director / Music Composer / Rhythm / Singer / Story/Concept
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
प्रकाश र प्रशान्तको ‘परदेशी–२’ आउने दशैंमा
चलचित्र ‘परदेशी–२’ आगामी दशैंमा प्रदर्शन हुने भएको छ । शनिबार निर्माण टिम र बितरण कम्पनी बिच भएको छलफल पछि उक्त मितिलाई लक गरिएको हो । चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएकोले दशैंमा नै रिलिज गर्ने निर्देशक रायमाझीले यसअघि नै बताइसकेका छन् ।
पछिल्लो समय गोकगीतमा आफ्नो फरक शैलीका कारण चर्चामा रहेका प्रकाश सुपतले यसै चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्दैछन् । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाशका साथै अर्का गायक प्रशान्त तामाङको पनि अभिनय रहेको छ । ‘परदेशी’मा प्रशान्तकै मुख्य भुमिका रहेको थियो । प्रकाश र प्रशान्तका अलवा चलचित्रमा दीलिप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारको अभिनय रहेको छ ।
रमेश बिजीको कथा रहेको चलचित्रलाई राजेश बंशलले निर्माण गरेका हुन् । त्यसो त २०७६ साल फागुन १० गते छायाँकनमा जाँदै गर्दा २०७७ को दशैंमा चलचित्र प्रदर्शन गर्ने बताइएको थियो । तर, कोरोना महामारीका कारण चलचित्रको छायाँकन बिचैमा रोकियो । लकडाउन खुले लगत्तै २०७८ को दशैंलाई प्रदर्शन मिति तय गरियो । यो वर्षपनि दशैंमा हल खुल्न सकेनन्, जसका कारण परदेशीको रिलिज थप एक वर्ष पछि धकेलिएको छ ।
अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको कथामा चलचित्र बनेको जनाइएको छ । कथाको माग भन्दै नेपाल सहित अमेरिका र भारतको विभिन्न स्थानमा चलचित्रको छायाँकन गरिएको छ ।
चलचित्रमा चलचित्रलाई नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन रहेको छ ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev