This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘काँडेतार’को च्यारीटी शो सम्पन्न

चलचित्र ‘काँडेतार’को च्यारीटी शो सम्पन्न गरिएको छ । शनिबार राजधानीमा सम्पन्न शोमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ र युवाले चलचित्र हेरेका छन् ।
अभिनेता तथा निर्माता नवल खड्काको निर्देशनमा निर्माण भएको चलचित्रको च्यारीटी शो नेपाल भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते र निधन भएका सुरक्षाकर्मीको परिवारलाई सघाउने उद्देश्यले गरिएको जनाइएको छ । चलचित्र हेरेपछि दुवै मन्त्रीले कथावस्तु, प्रस्तुतीकरण र प्राविधिक पक्षको प्रशंसा गरेको निर्माता तथा निर्देशक खड्काले बताए । अहिले सम तीनवटा च्यारिटी शो गरेको चलचित्रको भदौदेखि सबै जिल्लामा च्यारिटी शोको आयोजना गर्ने तयारी भइरहेको समेत खड्काले जनाएका छन् ।
फागुन २५ गते बाट प्रदर्शनमा आउने चलचित्र नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार लगाएर सीमालाई व्यवस्थित गर्नुपर्छ भन्ने कथावस्तु बोकेको चलचित्र हो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri