Nirak Poudel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
गोपीकृष्णका ३ हल शुक्रबारबाट सञ्चालनमा आउने

गोपीकृष्ण मुभिज अन्र्तगतका ३ हल सञ्चालनमा आउने भएका छन् । कोरोनासँगै बन्द भएको गोपीकृष्णका ३ हल ओम, नमः र शिवाय शुक्रबारबाट प्रदर्शनमा आउने छन् । यि हलहरु अब आरजीबी थिममा सञ्चालनमा आउने छन् । आरजीबी भनेको रेड, ग्रिन र ब्लु हो । यि तिन कलर चलचित्रमा प्रयोग हुने प्राइमरी कलर मध्ये पर्छन ।
गोपीकृष्ण सेन्टल कम्प्लेक्स निर्माणका लागि साबिकको गोपीकृष्ण हल भत्काइएको छ । सँगै रहेका ३ हलहरु भने बाँकी नै छन् । गोपीकृष्णले तिनै ३ हलको प्रबिधि र भौतिक पूर्वाधारमा समेत उल्लेख्य सुधार गरि हल सञ्चालन गर्न लागेको हो । अत्याधुनिक प्रबिधिका साथ सञ्चालनमा आउन लागेको जनाइएका हललाई आरजीबी थिममा सञ्चालन गरिने छ ।
कुल ५०० सिट क्षमताका साथ सञ्चालनमा आउने हलमा हरेक घण्टा शो शुरु हुने जनाइएको छ । बिहान आठ बजेबाट शुरु हुने शो बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । ३ हजमा गरि दैनिक १२ वटा शो हुनेछन् ।
शुक्रबारबाट आरआरआर, द कश्मिर फाइल्स र चिसो एष्ट्रे प्रदर्शन सँगै हल पुन सञ्चालनमा आउने गोपीकृष्ण मुभिजका निर्देशक निरक पौडेलले जनाएका छन् ।
काठमाडौंको लागि चलचित्र प्रदर्शनको हब मानिने चाबाहिल स्थित गोपीकृष्णमा यसअघि ७ हल सञ्चालनमा थिए । गोपी, कृष्ण, मिरा र राधा हल भने भत्काइएका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri