Pradeep Khadka   
Movie's Credit : Cast / Presenter / Story / Screenplay

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

ग्लोबल फिल्म अवार्ड सम्पन्न, प्रदिप खड्का स्टार अफ दि इयर

लेन्सनेपाल २०७५ पौष २५

अमेरिकाको कोलोराडोमा तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटीको संयोजनमा सम्पन्न अवार्डमा १२ बिधामा अवार्ड प्रदान गरिएको छ ।

पपुलारिटीका आधारमा प्रदान गरिने जनाइएको अवार्ड समारोहमा छक्का पञ्जा २ ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । यसै चलचित्रबाट दिपाश्री निरौलाले उत्कृष्ट निर्देशक, जितु नेपालले उत्कृष्ट सहअभिनेता, केदार घिमिरेले उत्कृष्ट हाँस्य कलाकार र पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाँकारको अवार्ड प्राप्त गरेका छन् ।

यस्तै चलचित्र भुइँमान्छेबाट रमेश बुढाथोकीले उत्कृष्ट अभिनेता, पञ्चायतबाट निता ढुङ्गानाले उत्कृष्ट अभिनेत्री, कृबाट रुपा रानाले उत्कृष्ट सहअभिनेत्री, ऐश्वर्याबाट अर्जुन पोखरेलले उत्कृष्ट संगीतकार र ऐश्वर्याबाट नै सुगम पोखरेलले उत्कृष्ट गायकको अवार्ड प्राप्त गरेका छन् । यस्तै गायिका मिना निरौलालाई सिंगर अफ दि इयर र प्रदिप खड्कालाई स्टार अफ दि इयरको अवार्ड प्रदान गरिएको छ ।

अभियानश्री सम्मान
समारोहमा अमेरिकामा रहेर पनि नेपाली कलाकारिताको क्षेत्रमा योगदान गरेबापत ३ चलचित्रकर्मी र एक समाजसेवीलाई अभियानश्री सम्मान अर्पण गरिएको छ । अभियानश्री सम्मानबाट सम्मानित हुनेमा व्यापारी तथा समाजसेवी यज्ञलाल श्रेष्ठ, निर्देशक एभरेस्ट सूर्य बोहोरा, निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेल र कलाकार नारायण त्रिपाठी रहेका छन् । विदेशी भुमिमा रहे पनि नेपाली चलचित्र प्रति उनीहरुले दिएको योगदाननको कदर स्वरुप यो सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ ।

रामकेशर बोगटी र गेहेन्द्र धिमाल स्मृति सम्मान
यसै वर्ष दिवंगत भएका दुई श्रष्टाको नाममा दुई चलचित्रकर्मीलाई फिल्म सोसाइटिले स्मृति सम्मान अर्पण गरेको छ । यसै वर्ष स्थापना गरिएको श्री गजेन्द्र धिमाल स्मृति सम्मान २०१८ बाट निर्देशक सूर्य बोहरा र श्री रामकेशर बोगटी स्मृति सम्मान २०१८ बाट अभिनेता बिक्रान्त बस्नेत सम्मानित भएका छन् ।

स्पेशल अचिभमेण्ट अवार्ड
सारोहमा ग्लोबल नेपाली फिल्म स्पेशल अचिभमेण्ट अवार्डबाट अभिनेत गणेश उप्रेती, चलचित्र निर्देशक शैलेश आचार्य, गायक प्रेमराज महत र चलचित्र वितरक तथा निर्माता मुकुन्द ढुंगानालाई सम्मानित गरिएको छ ।

डायस्पोरा अवार्ड
ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्ड चलचित्र निर्देशक तर्फ श्याम भट्टराई, अभिनेता शुशिल क्षेत्री, अभिनेत्री सारँगा श्रेष्ठ, निर्माता प्रेम पौडेल र वितरक रायन रेजलाई प्रदान गरिएको छ ।

स्पेशल अवार्ड
समारोहमा ग्लोबल नेपाली फिल्म स्पेशल अवार्ड समेत प्रदान गरिएको छ । यो अवार्ड जसवन्त देब श्रेष्ठ, इश्वरराज थापा, बिक्रम जोशी, स्मृति पोखरेल, र सुनिल रावललाई प्रदान गरिएको हो ।

अवार्ड समारोहमा सहभागी हुन नेपाललगायत, क्यानडा, अस्ट्रेलिया, जापान, दुबईबाट नेपाली कलाकार अमेरिका पुगेको आयोजक संस्थाका प्रमुख नवराज श्रेष्ठले जानकारी दिएका छन् । कार्यक्रममा सहभागी हुन सोसाइटिका अध्यक्ष कृष्ण मल्ल सहित सर्मिला मल्ल, शिब श्रेष्ठ, रमेश बुढाथोकी, निता ढुंगानालगायत एक दर्जन चलचित्रकर्मी अमेरिका पुगेका थिए ।