Pradeep Khadka   
Movie's Credit : Cast / Presenter / Story / Screenplay

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

प्रदिप र गोबिन्दले गरे अनाथ बालबालिकाको शिक्षामा सहयोग

लेन्सनेपाल २०७५ चैत्र १०

अभिनेता प्रदीप खड्का र निर्माता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकाको पढाईमा सहयोग गरेका छन् । काठमाडौंको गोकर्ण स्थित संयुक्त एकता अपाङ्ग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई बिद्यालयमा पढाउँदा लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क उनीहरुले सहयोग गरेका हुन । 

बिद्यार्थीहरु यही बैशाखबाट बिद्यालय भर्ना हुने भएपछि शनिबार एकमुष्ट रुपमा उक्त रकम प्रदान गरिएको छ । अभिनेता खड्का र निर्माता शाही केन्द्रमै पुगेर सहयोग प्रदान गरेका हुन ।

प्रधानमन्त्री, मन्त्री तथा अन्य पेशाका व्यक्तिहरुले विद्यार्थीहरुको अध्ययन खर्च जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला आफुहरुको पनि दायित्व हुन्छ भन्ने ठानेर उक्त सहयोग प्रदान गरेको अभिनेता खड्काले बताएका छन् । त्यसो त उनले कलाकारको दायित्व अभिनयमात्र नभएर समाजसेवा पनि भएको बताए । उनीहरुले लभ स्टेशनका तर्फबाट उक्त सहयोग प्रदान गरेका हुन ।

केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले बिद्यार्थी भर्ना सहित ३ महिनाको शुल्क करिब एक लाख रुपैयाँ हुन आउने भन्दै खर्चमा सहयोग गरेकोमा धन्यबाद दिएका छन् ।