Prakash Saput
Movie's Credit : Cast / Lyricist / Music Director / Playback SingerSong's Credit : Cast / Lyricist / Music Composer / Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
बिबादमा प्रकाशको ‘पिर’, गीत हटाउन माओबादी नेताहरुको चेतावनी

प्रकाश सपुतको गीत ‘पिर’ बिबादमा तानिएको छ । भिडियोमा समाबेश केही दृष्यहरुमाथी आपत्ति प्रकट गर्दै सत्तारुढ माओबादी केन्द्रका नेताहरुले गीत हटाउन चेतावनी दिएका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले माओवादी जनयुद्द लड्ने एक महिला छापामारको अभावलाई देह’ व्यापारमा लगेर चित्रण गरिनु आपत्तिजनक मात्र नभएर दण्डनिय भएको उल्लेख गरेका छन् ।
यस्तै अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले त प्रकाशलाई गीत नहटाए सहेर नबस्ने चेतावनी दिएकी छिन । उनले ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएको सन्देश दिने प्रकाश सपुतकोगीत आपत्तिजनक र निन्दनीय भएको उल्लेख गरेकी छिन ।
प्रकाश सपुतकै शब्द र लय रहेको गीतमा उनलाई सम्झना भण्डारीले गायनमा साथ दिएकी छिन । १६ मिनेट २५ सेकेण्ड लामो भिडियो प्रकाशकै कथा तथा निर्देशनमा बनेको हो । गीतले दशवर्षे माओबादी जनयुद्धको उद्देश्य र शान्तिप्रकृया यता माओबादी नेता र कार्यकर्ता बिचको फरकलाई प्रस्तुत गरेको छ । भिडियोमा ज्यान हत्केलामा लिएर परिवर्तनका लागि लडेका योद्धाहरुको सपना र सत्ता र शक्तिमा पुगेपछि नेताहरुले योद्धाहरुको बेवास्ता गर्दा उनीहरुको बिचल्ली भएको कथा देखाइएको छ ।
एक दृष्यसँग जोडेर गीत हटाउन चेतावनी दिने नेताहरु गीतले प्रस्तुत गरेको राजनीतिक पक्ष प्रति भने मौन छन् । पूर्व लडाकुको ब्यवस्थापन चोटिलो प्रश्नका रुपमा रहेको स्वीकार गरे पनि सशस्त्र युद्धमा सहभागी महिला छापामार देह व्यापारमा संलग्न भएको दृश्य प्रति उनीहरुले आपत्ति जनाएका छन् ।
अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह लेख्छिन –
महान जनयुद्धको कारण केही थान मन्त्रीहरु ,माननियहरु र टाठा बाठाहरुकाे जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताकाे ब्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पुर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताकाे ब्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरु सफल हुन सकेका छैनन् ।ब्यवस्थापनमा केही नभएको भन्ने पनि हाेेइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन तर ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएकाे भन्ने सन्देश दिने गरि प्रकाश सपूत जि ले युटुवमा अपलाेड गरिएको पिर नामक भिडियाे आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेकाे राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागीता सुनिश्चित भएकाे कुरा प्रकाश जि तपाईंलाई बुझाईरहन पर्ने हाे । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भाेगेकाे जातिय विभेद बिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयाे ।तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरि बनाइएकाे तपाईंको पिर नामक भिडियाे सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।।
वाइसीएल इन्चार्ज दीपशिखा लेख्छन् –
जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारून् !
`पिर’ को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ तर माओवादी जनयुद्द लड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् - त्यो आपत्तिजनक मात्रै होईन दण्डनिय छ ।
उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न - अभाव, निराश अनि गरिव महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’
सायद ति महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गितहरूमा निर्धक्क संगित भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri