News
‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
प्रदिप भट्टराई निर्देशित चलचित्र सन् २०१६ को चलचित्र ‘जात्रा’को सिक्वेल हो । चलचित्रको ट्रेलर कमेडीले भरिएको छ । ‘जात्रा’मा बैक लुटेको पैसा भेटेका पात्रहरुले ‘जात्रै जात्रा’मा सुन भेटेको र त्यसलाई पचाउन खोज्दा भएको जात्रा देखाइएको छ ।
चलचित्रमा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेका रहेको चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । चलचित्र जेष्ठ ३ गतेबाट प्रदर्शन हुँदैछ ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota