News
‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक

चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक गरिएको छ । ‘सेल्फी किङ’को नामले परिचित हाँस्यकलाकारको जीवनमा आएको एक मोडको कथा चलचित्रले उठान गरेको छ । ट्रेलरका आधारमा पारिवारिक बिरहको संकेत मिले पनि उक्त कस्तो अवस्था हो भन्ने बारे केही खुलाइएको छैन ।
चलचित्रको शिर्ष भुमिकामा विपिन कार्कीको अभिनय रहेको छ । ट्रेलरमा समावेश केही सम्बादहरु चोटिला छन् ।
आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई दिनेश राउत र सुवास थापाले निर्माण गरेका हुन् । बिशाल सापकोटाको निर्देशन रहेको चलचित्रमा उनकै लेखन, सुशन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ ।
चलचित्रमा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota