Rajesh Hamal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सय जना प्राबिधिकका लागि ५ लाख सहयोग गर्दै राजेश हमाल

महानायक राजेश हमालले सय जना प्राबिधिकहरुलाई सहयोग गर्ने भएका छन् । हमालले सय प्राबिधिकलाई प्रतिव्यक्ती ५ हजारका दरले कुल ५ लाख सहयोग गर्न लागेका हुन् ।
आधिकारीक रुपमा घोषणा नगरिए पनि सहयोग रकम क–कसलाई कसरी प्रदान गर्ने भन्ने बारे प्राबिधिक संघका प्रतिनिधीसँग छलफल भइसकेको जानकारी प्राप्त भएको छ । चलचित्र प्राबिधिक संघका तर्फबाट भने हमाललाई सहयोग रकम बढाउन आग्रह गरिएको बुझिएको छ । हमालले पहिलो चरणमा सय प्राबिधिकलाई प्रतिव्यक्ती ५ हजारका दरले कुल ५ लाख सहयोग गर्ने र त्यसपछि अर्को चरणमा छलफल गर्न सकिने बताएको स्रोतले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि सरकारले चैत्रमा लकडाउन गरेपछि चलचित्र क्षेत्र ठप्प छ । यति बेला देशका बिभिन्न स्थानमा निषेधाज्ञा जारी छ । चलचित्रको छायाँकन नहुँदा सयौं प्राबिधिकहरु मारमा परेका छन् । चलचित्रमा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुलाई परेको संकटप्रति ध्यान दिदै हमालले गर्न लागेको सहयोग स्वागत योग्य छ ।
चलचित्र क्षेत्र ठप्प हुँदा कयौं प्राबिधिकहरुलाई गुजारा चलाउन मुश्किल हुँदै आएको छ । हमालले प्रदान गर्ने सहयोग रकम दैनिक गुजारा चलाउन गाह्रो भएका प्राबिधिकहरुलाई दिइने बुझ्नमा आएको छ ।
समरण रहोस् लकडाउन सुरु भएलगत्तै नायक पल शाहले प्राबिधिकहरुका लागि ५ लाख २ हजार सहयोग गरेका थिए ।
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi