News
‘दिलमाया २’ पुस २९ मा

चलचित्र ‘दिलमाया’को सिक्वेल ‘दिलमाया २’ले प्रदर्शन मिति घोषणा गरेको छ । बुधबार चलचित्रको पोष्टर सार्वजनिक गर्दै आगामी पुष २९ गतेका लागि चलचित्रको प्रदर्शन मिति तोकिएको हो ।
२०६७ माघ १४ गते प्रदर्शनमा आएको राजु गिरी निर्देशित चलचित्र ‘दिलमाया’को सिक्वेल १२ वर्षपछि निर्माण भएको हो । चलचित्रको यतिबेला पोष्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्रमा किरण नेपाली, सन्जीला पौडेल, सविन बाँस्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ ।
‘दिलमाया २’मा ‘दिलमाया’को लोकप्रिय गीत ‘छुट्छ कि साथ’लाई रिमेक गरेर राखिएको छ । राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रमा अर्जुन पोखरेलको संगीत, भिष्मराज फुलाराको गीत रचना, रामजी लामिछानेको कोरियोग्राफी, देव मर्हजनको द्वन्द्व निर्देशन, बिष्णु निराकर र सुस्मिता खत्रीको छायाँकन र खुम बहादुर सुनारको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri