News
‘नम्बरी सुन’को पोष्टर सार्वजनिक

चलचित्र ‘नम्बरी सुन’को पोष्टर सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा गौरव पहारीले बेहुली पहिरनमा रहेकी नम्रता सापकोटालाई बोकेर भगाउन खोजेको देखिन्छ ।
राजु गिरीको निर्देशन रहेको चलचित्र भदौ १ गते प्रदर्शन हुनेछ । नारायण खातीले लेखन तथा निर्माण गरेको चलचित्रमा गौरव र नम्रताका साथै सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतको अभिनय छ ।
चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri