News
चलचित्र पुरा भयो सपना मेरो निर्माणको घोषणा

चलचित्र पुरा भयो सपना मेरो निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
रोसिका फिल्मस को ब्यानरमा निर्माण हुने चलचित्रलाई राजु गिरीले निर्देशन गर्नेछन् । राज कुमार योगि को प्रस्तुती रहने चलचित्रको छायाँकन नेपालगन्ज र बर्दियाको चिसापानीमा हुने जनाइएको छ ।
अर्जुन पोखरेल र राजेन्द्र बजागाइको संगीत रहने चलचित्रमा रमेश सिंहको द्वन्द्व, रामेश्वर हुमागाइको छायाँकन, रामजी लामिछानेको नृत्य र भिस्मा राज फुलाराको गीत रहने छ । फुलिज बिष्ट लाइन प्रोड्युसर रहेको चलचित्रमा रिचर्ड कुमारको मुख्य भुमिका रहने छ भने अन्य कलाकार केही दिनमा फाइनल गरिने जनाइएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri