Ram Babu Gurung
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘कबड्डी ४’को ‘केशरी’, सौगात र मिरुनाको रोमान्स

चलचित्र ‘कबड्डी ४’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘केशरी’ बोलको गीतमा एसडी योगीको स्वर, राम अविरल विष्टको शब्द र गायक योगीकै संगीत रहेको छ । गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगर फिचर छन् ।
रामबाबु गुरुङ निर्देशित चलचित्रलाई ‘कबड्डी’ सिरिजको फाइनल म्याच भनिएको छ । चलचित्रमा दयाहाङ राईको पनि मख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र जेठ १३ गतेबाट प्रदर्शनमा आउदै छ । चलचित्रमा रामबाबु गुरुङको कथा, निर्देशक गरुङ र उपेन्द्र सुब्बाको पटकथा, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटा, एसडी योगी र अनुपम शर्माको संगीत रहेको छ ।
चलचित्रमा सौगात, मिरुना, दयाहाङका अलवा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतका कलाकारहरुको पनि अभिनय छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri