News
३५ जना अनाथ बालबालिकाले सार्वजनिक गरे पाख्रिनको ‘धुन’

गायिका रमला पाख्रिनको गीत ‘धुन’ सार्वजनिक गरिएको छ । एकिकृत समृद्धि नेपाल बाल आश्रममा आश्रीत अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो ।
शुक्रबार काठमाडौंको तारकेश्वरमा अवस्थित आश्रममा आश्रीत ३५ जना बालबालिका र गायिका पाख्रिनले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् । सो अवसरमा पाख्रिनले आफ्नो गीत गाएर सुनाएकी थिइन भने बालबालिकाहरु नाचगान गरेर रमाएका थिए ।
द्वन्द्व पिडित तथा अति विपन्न अनाथ बालबालिकालाई आश्रय दिइरहेको आश्रममा १४ जिल्लाका बिभिन्न उमेर समुहका बालबालिकाहरु रहेका छन् । बिगत १३ वर्ष देखि सञ्चालनमा रहेको आश्रमले नै उनीहरुको शिक्षा सहित गाँसबासको व्यवस्था गर्दै आएको छ । गीत सार्वजनिक गर्दै गायिका पाख्रिनले आश्रमका लागि झण्डै एक महिना पुग्ने खाद्यान्न समेत हस्तान्तरण गरेकी थिइन । गायिका पाख्रिनको यो कदमले आफुहरुको पवित्र समाज सेवामा थप हौसला मिलेको संस्थाका अध्यक्ष भिम रोका मगरले बताएका छन् ।
सार्वजनिक गीतमा पाख्रिन र कमल खत्रीको स्वर र खत्रीकै शब्द तथा संगीत रहेको छ । यस्तै राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा मिरुना मगर र गणेशमान घलेको अभिनय, उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।
लोक भाकाका बिभिन्न बिधाका छ सय भन्दा बढी गीतमा स्वर दिएकी पाख्रिनका चर्चित गीतहरुमा ‘लाकपर योन्दोङ्ग’, ‘साइकोले कोऊ’, ‘रन्दा तपरिम’, ‘शिरैमा सिरफुल’, ‘सोह्र नपुग्दै’लगायत रहेका छन् ।
New Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri -
Mayavi
Director : Diwakar Bhattarai
Casts : Paul Shah, Dipika Prasai, Prashant Tamrakar, Sushil Sitaula, Karishma Shrestha -
Laaj Sharanam
Director : Kumar Kattel
Casts : Sitaram Kattel, Bijay Baral, Arpan Thapa, Vijay Lama, Srijana Adhikari
Next Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant