This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
भ्रष्टाचार रोक्न प्रेम जरुरी – मनोज गजुरेल

अभिनेता मनोज गजुरेल मंगलबार आफू अभिनित चलचित्र ‘सयकडा दश’को बटमलाइन सुनाउँदै थिएः ‘भ्रष्टाचार रोक्न प्रेम जरुरी ।’ उनले राजनीतिभन्दा प्रेम भ्रष्टाचारविरुद्ध प्रभावकारी औषधि हुने बताए ।
चर्चामा रहेको वाइडबडी भ्रष्टाचार प्रकरणको समाधान दीर्घकालिन रुपमा राजनीतिभन्दा प्रेमभित्र खोजिनुपर्ने उनको तर्क थियो । उनले चलचित्रलाई कला र मनोरञ्जनभन्दा समाजको रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने खाँचो औंल्याए ।
‘सयकडा दश’ले मंगलबार राजधानीमा मिडियासँग अन्तरसंवाद कार्यक्रम आयोजना गरेको थियो । निर्माता एवं अभिनेता राजाराम पौडेलले आफ्ना लागि पैसाभन्दा कलाले अर्थ राख्ने बताए । ‘दुई सय जति फिल्म गरेँ हुँला, केही पेन्डिङमा होलान् । मेरा लागि सयकडा दश सर्वोत्कृष्ट हो’ उनले दाबी प्रस्तुत गरे ।
अभिनेत्री करुणा श्रेष्ठ र अभिनेता अमृत ढुंगानाले चरित्र चित्रणबारे चर्चा गरे । ‘गरेजति फिल्ममा मैले पात्र र शैलीमा नयाँपन पस्कने प्रयास गरेको हुन्छु’ ढुंगानाले भने । डेब्यु गर्ल श्रेष्ठको भनाइमा ‘सयकडा दश’ चलचित्र –मेकिङ सिक्ने पाठशाला पनि हो ।
निर्देशक रामशरण पाठक रिलिज अगाडि प्राप्त प्रिभ्यूले पुलकित सुनिए । भन्छन, ‘गीत र ट्रेलरले दिलाएको सुखद फिडब्याकले खुशि अवश्य छु ।’ उनका अनुसार चलचित्रले माघ पहिलो सातादेखि देश दौडाहा थालनी गर्दैछ । माघ १८ मा प्रदर्शन हुने चलचित्रलाई दर्शन नेपाल क्रिएसनले निर्माण गरेको हो ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota