Rekha Thapa   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र मालिकाको ट्रेलर सार्वजनिक, बालविवाह र महिला हिंसा बिरुद्धको आवाज

लेन्सनेपाल २०७५ असोज १२
चलचित्र मालिकाको ट्रेलर सार्वजनिक, बालविवाह र महिला हिंसा बिरुद्धको आवाज

चलचित्र मालिकाको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रलाई नायिका रेखा थापाले निर्देशन गरेकी हुन । बालविवाह र महिला हिंसा बिरुद्धको आवाज ट्रेलरमा बुलन्द रुपमा देखिएको छ । रेखा थापाको एक्सन अवतार पनि शशक्त लाग्छ ।

चलचित्रका लागि विल्कुलै नयाँ अनुहार कमला वलीको मुख्य भुमिका रहेको चलचित्रले कार्तिक १६ गतेका लागि प्रदर्शन मिति तोकेको छ ।

रेखा थापानरबहादुर कार्कीको कथामा शिवम अधिकारीले चलचित्र लेखेका हुन । चलचित्रमा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत रहेको छ ।

रेखा फिल्मस्को व्यानरमा सरस्वती थापा र नरबहादुर कार्कीले मलिकाको निर्मण गरेका हुन ।

चलचित्र मालिकाको बारेमा विस्तृत जानकारी लिन तथा गीतहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।