RemembringReshraj Acharya
News
निर्देशक रेशराज आचार्यको निधन

निर्देशक रेशराज आचार्यको निधन भएको छ । ६३ वर्षिय आचार्यको बुधबार राति करिब साढे ८ बजे निधन भएको हो । अचानक स्वास्थ्यमा समस्या देखिए पछि चाबाहिल स्थित ओम अस्पताल पुर्याइएको र उपचारकै क्रममा उनको निधन भएको हो ।
चलचित्र तिलहरीबाट चलचित्र निर्देशन शुरु गरेका आचार्यले १३ चलचित्रको निर्देशन गरेका छन् । निर्देशक बन्नु अघि केही चलचित्रमा अभिनय गर्नुका साथै सहायक निर्देशकका रुपमा समेत आचार्यले काम गरिसकेका छन् ।
आचार्यल तिलहरी, ‘टुहुरो’, ‘आमा’, ‘बन्धन’, ‘धर्मसंकट’, ‘माटो बोल्छ’ लगायतका चलचित्र निर्देशन गरेका छन् । निर्देशकका अलवा आचार्य चलचित्र लेखक पनि हुन् । परिवार, गोपीकृष्ण, माटो बोल्छ जस्ता चलचित्र उनैले लेखेका थिए । त्यसो त आचार्यले निर्देशन र अभिनयको कक्षा पनि दिदै आएका थिए । उनका थुप्रै बिद्याथीहरु अहिले पनि चलचित्रमा सक्रिय छन् ।
आचार्यको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri