Reecha Sharma
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
ऋचा भन्छिन – १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो

नायिका रेखा थापा पछि अर्की नायिका ऋचा शर्माले पनि नाबालिगकै पक्षमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन । उनले सामाजिक सञ्जाल फेसबुमा स्टाटस् लेख्दै मुलुकी अपराध संहिता अनुसार १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार भएको उल्लेख गरेकि छिन ।
ऋचाले लेखेकी छिन – ‘मुलुकी अपराध संहिताले भन्छ ‘१८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो ।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौनी । हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै यौन सम्बन्ध भए पनि बलात्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो । यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न !!
मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो ।’
नायक पल शाह बिरुद्ध जवरजस्ती करणी मुद्धामा नाबालिगले उजुरी गरेपछि केही चलचित्रकर्मीहरु पक्षको वकालत गरिरहेका छन् । रेखा थापा र ऋचा शर्माले भने नाबालिगकै पक्षमा आफ्नो धारणा राखेका हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri