Reecha Sharma
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
मंसिर २१ मा बिहे गर्दै ऋचा

अभिनेत्री ऋचा शर्माले बिहेको मिति सार्वजनिक गरेकी छिन । मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत उनले डिसेम्बर ७ अर्थात् मंसिर २१ गते बिहे गर्ने लागेको जानकारी गराएकी हुन् ।
ऋचाले दिपेक्क्ष विक्रम राणासँग विवाह गर्न लागेकी हुन् । दिपेक्क्ष राजधानीको लबिम मलमा म्यानेजरका रुपमा कार्यरत् छन् । लामो समय देखि प्रेममा रहेको यो जोडी सुरुमा भने प्रेमबारे खुल्न चाहेको थिएन । गएको बैशाखमा मात्र उनीहरुको प्रेम सम्बन्धले मिडियामा चर्चा पाएको थियो । केही समयअघि ऋचाले पोखरा पुगेर आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । उनको पार्टीमा केकी अधिकारी, प्रियंका कार्की लगायत सहभागी थिए । तत् पश्चात ऋचावले चाँडै नै बिवाह गर्न लागेको अड्कल धेरैले काटेका थिए । ऋचाले बिहेको मिति सार्वजनिक गर्दै शुभेच्छुकलाई धन्यवाद र आफूहरुलाई बधाई दिएकी छिन् ।
ऋचा पछिल्लो समय रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायकको भूमिकामा छिन् । उनले चलचित्र ‘हिजो आजका कुरा’ मा पनि काम गरिरहेकी छिन ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri