This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘द लेडी विथ द ल्याम्प’को ट्रेलर र गीत सार्बजनिक

रेडलाईन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘द लेडी विथ द ल्याम्प’ अर्थात् ‘हातमा बत्ति लिएकी केटि’को प्रचार सामग्री सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर र गीत सार्बजनिक गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिको संघर्षको कथा बोकेको चलचित्रलाई रिम बिश्वोकर्माले निर्देशन गरेका हुन् । विश्वकर्माकै कथा रहेको चलचित्रमा रियल पात्रलाई समेटिएको छ । सार्बजनिक ट्रेलरमा दृस्टी गुमाएका युबक र खुट्टा गुमाएकी युवतीको कथा प्रस्तुत गरिएको छ। एक खुट्टा गुमाएकी र एक खुट्टाले मात्र नाचेर लोकप्रियता कमाएकी डान्सर रोमा न्यौपाने र केहि बर्ष अगाडी दुर्घटनामा परि दृस्टी गुमाएका अरुण ढुङ्गानाको मुख्य अभिनय रहेको छ । ढुङ्गाना शसस्त्र प्रहरी बलमा कार्यरत हुँदा नै डिउटीको क्रममा दुर्घटनामा परेको जनाइएको छ ।
चलचित्रको प्रदर्शन मिति केहि दिनमा नै घोषणा गर्ने निर्माण टिमले जनाएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri