RemembringRobin Tamang
News
‘कमाण्डर’को ट्रेलर सार्वजनिक

चलचित्र ‘कमाण्डर’को ट्रेलर सार्वजनिक गरिएको छ । एलआर विबेक सापकोटाको निर्देशन रहेको चलचित्रको ट्रेलरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । माघ १० गते प्रदर्शन हुने चलचित्रमा अनुपबिक्रम शाही, रबिन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापालगायतको अभिनय रहेको छ ।
सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको चलचित्रको सहनिर्मातामा सावन जंग राना रहेकाछन् । ‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलीबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआरले बताउका छन् । चलचित्रमा दिब्य सुवेदीको छायाँकन, श्री श्रेष्ठको द्धन्द्धनिर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी र मनोज चौलागाईंको शब्द र संगीत रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri