News
‘जानी नजानी’को कभर भिडियो बनाउनुहोस्, पुरस्कार जित्नुस्

चलचित्र ‘जानी नजानी’ निर्माण टिमले सार्वजनिक ‘एउटीलाई मुटुमा घर...’ बोलको गीतमा कभर भिडियो प्रतिस्पर्धा घोषणा गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच निर्माण टिमले कभर भिडियो प्रतिस्पर्धा घोषणा गरेको हो । केही समय अघि सार्वजनिक गरिएको उक्त गीतमा अर्जुन पोखरेलको संगीत, अम्बिका शर्माको शब्द तथा संगीतकार पोखरेल र गायिका दुर्गा खरेलको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा कलाकारहरु मनिष श्रेष्ठ, निरिशा बस्नेत र सुमी मोक्तानलाई फिचर्ड गरिएको छ ।
निर्माण टिमका अनुसार गीतको कोभर भिडियो कम्तीमा एक मिनेटको हु्नु पर्नेछ । त्यो भन्दा माथि चार मिनटसम्मको भए पनि फरक पर्दैन । उत्कृष्ट कभर भिडियो बिजेताले रोवा कम्पनीको ३२ इन्चको स्टार्म टिभी, दोश्रो हुनेले रोवाकै फाईभ पइन्ट वानको साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुक क्रिउसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुने एक जनाले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षसम्मको लागी फिल्म डिप्लोमा कोर्स अध्ययन गर्न पाउने छन् । कभर भिडियो यही फागुन २० भित्र बनाएर पठाउनु पर्ने जनाइएको छ ।
रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् भने मोदनाथ खनाल र सागर काजी माली निर्माताका रुपमा रहेका छन् । प्रेम कथामा आधारित चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन । थुप्रै सफल चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्तले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका छन् । चलचित्र चैत्र १ बाट रिलिज हुने जनाइएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri