News
पम्फा भुसाललाई मन पर्यो चलचित्र ‘जानी नजानी’

नेत्री पम्फा भुषालले चलचित्र ‘जानी नजानी’ हेरेकी छिन । नेकपाकै केहि सदस्य सहित उनी हलमा पुगेर चलचित्र हेरेकी हुन ।
चलचित्र हेरेपछि उनले राष्ट्रिय पोशाक ढाका मार्फत युवालाई दायित्व बोध गराउन खोजिएको भन्दै प्रसंसा समेत गरेकी छिन । चलचित्रको कथा लभस्टोरी भएता पनि यसमा राष्ट्रियता र दायित्वलाई प्रस्ट्याईएको उनको भनाई छ । सफा र सरल चलचित्र भन्दै नेत्री भुषालले युवालाई केहि गर्नु पर्छ भन्ने प्रेरणा समेत दिने जनाएकी छिन ।
चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, नम्रता श्रेष्ठ, सन्नी सिंह, रोशनी केसी, कृष्णभक्त महर्जन, प्रकाश अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारीले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गरेका हुन् । चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।
रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता रोशनी केसी हुन् भने मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ । संजय लामाको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri