News
प्रदर्शन मिति तोक्दै चलचित्र ‘समर लभ’को पोस्टर सार्वजनिक
चलचित्र ‘समर लभ’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । माघ २५ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको पोष्टर सार्वजनिक गरिएको हो ।
सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ माथि निर्माण भएको चलचित्र लभ स्टोरी हो । यसअर्थ पनि प्रदर्शनका लागि भ्यालेन्टाइन डे लक्षित गरेको बुझ्न सकिन्छ ।
मुस्कान ढकालको निर्देशन रहेको चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया, रेवती क्षेत्रीलगायतका कलाकारको अभिनय रहेको छ । आशिष र रेवतीले यसै चलचित्रबाट डेब्यु गर्दैछन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन । कार्यकारी निर्माता बिनोद अधिकारी हुन ।
चलचित्रमा सुबिन भट्टराईको कथा, सामीप्यराज तिमल्सेनाले पटकथा, सुबिन र सामीप्यको सम्वाद, पुष्पन प्रधानको संगीत, सञ्जय लामाले छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri