Samragyee Rajya Laxmi Shah   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

प्रेस शोमा रुचाइयो ‘रातो टिका निधारमा’

लेन्सनेपाल २०७६ असोज १०
प्रेस शोमा रुचाइयो ‘रातो टिका निधारमा’

साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा स्टारर चलचित्र ‘रातो टिका निधारमा’ प्रदर्शनमा आएको छ । वर्षकै प्रतिक्षित मध्येको चलचित्रले राजधानी सहित देशभरका मल्टिप्लेक्स र सिंगल थियटरहरुमा उच्च प्राथमिकता पाएको छ ।

देशभरका करिब १३८ पर्दाबाट प्रदर्शन आरम्भ गरेको ‘रातो टिका निधारमा’ शुक्रबार विहान प्रेस शोको आयोजना गरि पत्रकारहरुलाई देखाएको छ । प्रेस शोमा पत्रकारहरुबाट चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । त्यसो त देशैभरबाट चलचित्रले उत्साहजनक प्रतिक्रिया पाएको निर्माण पक्षको भनाई छ ।

चलचित्रको विहानी शो को अकुपेन्सी ५० प्रतिशत भन्दा बढी रहेको निर्माता तथा निर्देशक अशोक शर्माले जनाएका छन् । उनका अनुसार दिवाकालिन शोहरुमा अकुपेन्सी बढ्न थालेको छ । माउथ पब्लिसिटी र बिदाका कारण शनिबार चलचित्रको व्यापार बढ्ने विश्वास छ ।

चलचित्रले मौलिक कथा उठान गरेको छ । अक्सर नेपालीहरुले देखेको भोगेकै कथा चलचित्रमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीत, संगीत र ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका पाएका थिए । दशैँको अवसरमा रिलिज भएका कारण पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा छ ।

चलचित्रमा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

ए.ए. ग्रुप अफ कम्पनीजको व्यानरमा निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन र राजेश शाहको भिएफएक्स छ ।