Sangita Shrestha
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
बलात्कारमाथिको कानुन थप कडा बनाउन निर्देशक संगीता श्रेष्ठको माग

चलचित्र निर्देशक संगीता श्रेष्ठ नेतृत्वको समृद्धि फाउन्डेसन बलात्कार र यौनजन्य हिंसामा आकर्षित हुने कानुन थप कडा बनाउन माग गरेको छ । फाउण्डेसनले बलात्कार र यौनजन्य हत्याहिंसाजस्ता अपराधबाट बालबालिका बचाउन नियम कानुन फितलो भएको ठहर गर्दै संशोधन गर्न माग गरेको हो ।
फाउण्डेसनले सो माग सम्बन्धि ज्ञापन पत्र आइतबार राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगमा बुझाएको छ । सुन्दरहरैंचा नगरपालिका –७ की १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको घट्नाउपर ध्यानाआर्कषण गराउँदै फाउन्डेसनकी अध्यक्ष संगीता श्रेष्ठ सहित महिलाहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो । सो अवसरमा प्रकाउ परेका २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग समेत गरेका छन् ।
फाउन्डेसनकी अध्यक्ष संगीता श्रेष्ठले कानुन फितलो भएकै कारण यस्ता घटना र अपराधहरु बारम्बार हुने गरेकोमा जोड दिइन । श्रेष्ठले ज्ञापन पत्र बुझाउदै बलात्कार र हत्याहिंसाजस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारवाही गर्न नसक्ने हाम्रो कानुन यति कमजोर किन ? भनेर प्रश्न गरेकी छिन् । उनले बलात्कार सम्बन्धि कानुन थप कडा हुनुपर्ने बताएकी छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri