Shambhujeet Baskota
Movie's Credit : Story / Dialogue / Lyricist / Music Director / Playback Singer / Background ScoreSong's Credit : Music Composer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक

चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको दुई मिनट ५० सेकेन्ड लामो ट्रेलरले चलचित्र कमेडी जनराको भएको स्पष्टै पार्छ । चलचित्रका मुख्य कलाकारहरु सन्तोष पन्त, तैयव शाह, विल्सन बिक्रम राई, रविन्द्र झा, वर्षा राउतलगायतलाई ट्रेलरमा स्थान दिइएको छ ।
सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्रलाई सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले सयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा निर्मल शर्मा, अजस्र ढुगांना, सोनिका केसी, डाक्टर बिकाशा नन्द, सुनिता श्रेष्ठ, श्याम राईलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रमा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको कथा तथा संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दीर्घ गुरुङको छायाँकन र मित्र डि गुरुङको सम्पादन रहेको छ । साँढे चार दशकदेखि आफु चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको बताए बास्कोटाले जनाएका छन् । चौका दाउ हास्यप्रधान सामाजिक चलचित्र भएको र एकता दिवसको दिन २७ पुषमा रिलिज गर्न लागेको समेत बास्कोटाले जनाएका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri