News
संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा

संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा निर्वाचित भएका छन् । राजधानीमा शनिबार सम्पन्न ११ औं साधारण सभाबाट अध्यक्षतामा सापकोटा सहित ११ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो ।
कार्यसमतितिको वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन् भने यसैगरी महासचिवमा बसन्त सापकोटामा, सचिवमा प्रह्लाद बोगटी र कोषाध्यक्षमा राजेश थापा निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा शंकर थापा स्माइल, अर्जुन पोख्रेल, राजनराज सिवाकोटी र दिनेश बान्तवा निर्वाचित भएका छन् ।
कार्यक्रममा संगीतकार संघका संस्थापक अध्यक्ष एवं संघका संरक्षक शम्भुजित बास्कोटा, वरिष्ठ संगीतका दीपक जंगम, प्रकाश गुरुङ, बुलु मुकारुङ लगायतको सहभागीता थियो ।
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal