Shantipriya
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘छैठौ काठमाडौं सर्टफिल्म फेष्टा २०७९’ सम्पन्न

‘छैठौ काठमाडौं सर्टफिल्म फेष्टा २०७९’ सम्पन्न भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच बिभिन्न बिधाका बिजेतालाई उत्कृष्टताको अवार्ड प्रदान गर्दै फेष्टा सम्पन्न भएको हो ।
फोष्टामा हिमाल उप्रेती निर्देशित ‘आमा’ उत्कृष्ट सर्टफिल्म घोषित भएको छ । यही फिल्मबाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट सर्ट फिल्मको अवार्ड हाँसिल गरेका छन् । समारोहमा उत्कृष्ट निर्देशक ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे भने लघु चलचित्र ‘लड डाउनको पीडा’ बाट विष्णु प्रसाद काप्री उत्कृष्ट अभिनेताको अवार्ड चुमे । यस्तै ‘द डटर’बाट सरिता भारतीले अभिनेत्री तर्फ क्रिटिक्स अवार्ड जितन् । सो क्रममा ‘पैसा’ बाट सुनिला इन्करेजमेन्ट अवार्ड प्राप्त गरिन् ।
छायाँछबी क्रियशनको आयोजनामा भएको फेस्टाको निर्णायकमा गजित बिष्ट, कुबेर गिरी, हेरुका लामा, सुशिला थापा, सागर घिसिङ, आयुव केसी र सुदीप श्रेष्ठ रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शान्तिप्रियले फेस्टाले नेपालमा लघू चलचित्रको विकाशमा टेवा पु¥याउने गरेको उनले बताए । राममणी ढकालको संयोजनमा सम्पनन फेस्टाको अवसरमा साप्ताहिक पत्रिका ‘हेराल्ड खबर’ को बिमोचन समेत गरिएको थियो । समिर लामा प्रकाशक रहेको पत्रिकाको सम्पादक शान्ति प्रिय हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri