Sharmila Pandey
Movie's Credit : Producer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘आमा’को छायाँकन सुरु

चलचित्र ‘आमा’को छायाँकन सुरु भएको छ । सोमबार पशुपती नाथ मन्दिर परिसरमा शुभमुर्हत गर्दै छायाँकन थालिएको हो ।
चलचित्रका अधिकांश दृष्य पानीमा खिच्नु पर्ने भएकोले बर्खाको समयमा छायाँकन थालिएको बुझिएको छ । काठमाडौं र रामेछापलाई चलचित्रको छायाँकन स्थल छनौट गरिएको छ ।
दिपेन्द्र के खनालको निर्देशनमा बन्ने चलचित्रमा उनकै कथा, पटकथा र संवाद रहने छ । आफ्नो चलचित्र पशुपति प्रसाद जस्तै सबैको मन छुने गरि बनाउने उनको भनाई छ । निर्देशक खनालले यो चलचित्र दर्शक र समीक्षक दुबैलाई मनपर्ने बनाउने प्रतिवद्धता यसअघि नै जनाइसकेका छन् ।
फागुन ९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र डिएस डिजिटलको व्यानरमा निर्माण हुनेछ । चलचित्रमा शर्मिला पाण्डे निर्माता र सन्तोष अधिकारी सहनिर्माताका रुपमा छन् ।
चलचित्रले एक आमा र छोरीको सम्बन्धको कथा भन्ने छ । चलचित्रमा सुर्यमाला खनाल, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको लगायतका कलाकार अभिनय रहने छ । निर्देशक खनालकै छायाँकन रहने चलचित्रमा भुपेन्द्र खड्काको शव्द, सुवास भुषालको संगीत रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri