Sharmila Pandey
Movie's Credit : Producer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘परस्त्री’बाट निर्देशनमा डेब्यु गर्दै सुरज

नेपाली चलचित्र ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको निर्माणको घोषणा गरियो ।
दीपेन्द्र के खनालको लेखन रहने चलचित्रलाई सुरज पाण्डेयले निर्देशन गर्नेछन् । सुरजले दिपेन्द्रको निर्देशन रहेको चलचित्र लभ लभ लभबाट अभिनयमा डेब्यु गरेका थिए ।
डिएस डिजिटलको व्यानरमा निर्माण हुने चलचित्रमा शर्मिला पाण्डेयको लगानी रहनेछ । चलचित्रको निर्माण घोषणा कार्यक्रममा ‘परस्त्री’लाई नेपालीसँगै हिंन्दी भाषामा समेत निर्माण गरिने जानकारी दिइयो ।
निर्माण टिमका अनुसार कोशिस क्षेत्रीलाई मुख्य भुमिका अनुबन्धन गरिए पनि अन्य कलाकार तय गर्न भने बाँकी छ । आवश्य अन्य कलाकार अडिसन मार्फत छनोट गरिने जानकारी दिइयो । निर्माण टिमका अनुसार २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी अभिनेत्री र २० देखि २५ वर्षभित्रकी अन्य अभिनेत्री अडिसन मार्फत छानिने छन् । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्र फागुन तेस्रो साताबाट फ्लोरमा जानेछ । चलचित्रको सम्पुर्ण छायांकन काठमाडौंमा गरिनेछ ।
निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता पाण्डेले आफ्नो पहिलो प्रथामितामा अभिनय भन्दापनि निर्देशन रहेको बताए । चलचित्र क्षेत्रमा प्रवेश गरेदेखि नै आफु निर्देशकको रुपमा आउने चाहाना भएकाले पनि लामो समय निर्देशनमा अध्ययन, अनुसन्धान गरेर ‘परस्त्री’ निर्देशन गर्ने हिम्मत जुटाएको बताए ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri