Srijana Regmi
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
एक्सनले चर्चा 'जाइरा'की सिर्जना

चलचित्र जाइराको एक्सन चर्चामा छ । खासगरि हिरो र एन्टिहिरो दुवै महिला भएका कारण पनि यसको एक्सनले चर्चा पाएको हो ।
अभिनेत्री नम्रता श्रेष्ठले मुख्य भुमिका निभाएकी छिन भने अपोजिट रोलमा नव अभिनेत्री श्रृजना रेग्मी देखिएकी छन । चलचित्रमा श्रृजना भिलेन 'बुलेट'को भूमिकामा छिन् । पर्दामा अभिनेत्री नम्रता र उनले जबरजस्त लडाईं गरेका छन् । ट्रेलरमा पनि त्यसको केही दृश्य अटाइएको छ । अभिनेत्री नम्रताका अनुसार, अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर श्रृजनाले निभाएकी छन् ।
ट्रेलर सार्वजनिक भएपछि श्रृजनाको लुक्स र एक्सनको सर्वत्र प्रशंसा भइरहेको छ । ट्रेलरको एक दृश्यमा उनको बाइक स्टन्टले अझ धेरैको ध्यान खिचेको छ । रिलिज अगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । उनी पनि जाइरालाई लिएर आफू निकै आशावादी रहेको बताउँछिन् । आफूले एक्सनमा निकै मेहनत गरेको उनको भनाई छ ।
चलचित्रमा नम्रता र श्रृजनाका अलवा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतका कलाकारको अभिनय रहेको छ । आशुतोषराज श्रेष्ठको निर्देशन रहेके चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा र बाबु श्रेष्ठको छायाँकन रहेको छ । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा निर्मित चलचित्रका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । चलचित्र भाद्र ६ गतेबाट प्रदर्शनमा आउने छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri