Subash Bhusal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘सेल्फी किङ’ निर्माणको औपचारिक घोषणा, हाँस्यकलाकारको कथा भन्ने
चलचित्र ‘सेल्फी किङ’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्नेछन् । अमेरिकाको लस एन्जलस सिटी कलेजमा चलचित्र निर्देशन अध्ययन गरेका बिशालको यो डेव्यु चलचित्र हो ।
चलचित्रमा अभिनेता विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।
कार्यक्रममा बोल्दै निर्देशक बिशालले एउटा हाँस्यकलाकारको कथालाई आफुले चलचित्रमा उतार्न खोजेको बताएका छन् । के यो कुनै हाँस्यकलाकारको बायोपिक हो ? भन्ने प्रश्नमा उनले यो हरेक कलाकारको बायोपिक हुन सक्ने बताए ।
यस्तै निर्देशनबाट निर्माणमा आएका दिनेश राउतले बिशालले सुनाएको कन्सेप्ट आफुलाई मन परेको र उसको ट्यालेण्टलाई विश्वास गरेर टिमअप गरेको बताएका छन् । नयाँ निर्देशकलाई लिएर चलचित्र निर्माण गर्नुको कारणबारे उनले भने – ‘यो प्रतिभा भएर पनि प्लेटफर्म नपाएका व्यक्तिहरुका लागि ढोका खोलिएको हो ।’
यस्तै निर्माता सुभाष थापाले आफुले सधै टिममा विश्वास गर्ने गरेको भन्दै यसपटक पनि अर्का निर्माता दिनेश र निर्देशक बिशाललाई बिश्वास गरेको जनाए । उनले आफुले यसअघि पनि दिनेशलाई बिश्वास गरेर प्रसाद बनाएको र यसपटक पनि निर्माणमा सहकार्य गरेको बताएका छन् ।
चलचित्रमा बिपिनको शिर्ष भुमिका रहनेछ । बिपिनले सेल्फि किंगको भूमिका निर्वाहा गर्नेछन् । हाँस्यकलाकारको जीवनको कथा भन्ने चलचित्र भएकोले पनि आफुले चलचित्रको कथा सुन्दा साथ काम गर्न उत्साहित भएको बताए बिपिनले बताएका छन् । उनले निर्देशक बिशालको प्रसंसा गर्दै भने – ‘उहाँ नयाँ भए पनि नयाँ जस्तो लागेन । चलचित्र बुझेको र उत्कृष्ट काम गर्न सक्ने निर्देशकका रुपमा पाएको छु ।’
यस्तै लक्ष्मी बर्देवाले पनि आफु यसको कथा सुन्दा नै काम गर्न निकै उत्साहित भएको बताइन । यस्तै अभिनेत्री केकी अधिकारीले आफ्नो भुमिका छोटो भएपनि बिशेष रहेको बताएकी छिन । बिशाल र केकीले यसअघि दिनेश राउतको डेव्यु निर्देशन रहेको चलचित्र ‘आइएम सरी’मा कलाकारको रुपमा सँगै काम गरेका थिए । केकीले सोही समयदेखि बिशाललाई चलचित्रमा केही गर्न सक्ने व्यक्तिको रुपमा आफुले पाएको बताइन् ।
निर्देशक बिशालकै लेखन रहेको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, आशिष पौडेलको कस्ट्युम डिजाइन, कृति जोशीको श्रृगार, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।
चलचित्रमा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने र सुलभ थापा रहने छन् । भाद्र २४ गते मंगलबार बाट छायाँकनमा जाने चलचित्रका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev