This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘म यस्तो गीत गाउँछु २’को गीत सार्वजनिक, ५ सय १९ जना कोरस, तालमुनि सेट

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रो घरको वरिपरि’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर रहेको छ ।
गीतको भिडियोमा कलाकारहरु पल शाह र पूजा शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । रामजी लामिछाने कोरियोग्राफी गरेको गीतमा ५ सय १९ जना कोरसको प्रयोग गरिएको छ । यो संख्या नेपाली चलचित्रका गीतमा प्रयोग भएको अहिले सम्मकै सबैभन्दा बढी कोरस संख्या हो ।
इलाम, पाँचथर, सन्दकपुर गाउँ, पानीटारको चियाबारीलगायतका स्थानमा छायाँकन गरिएको गीतको एक दृष्यका लागि लागि तालमुनि समेत सेट लगाइएको छ । जसमाथी कलाकारहरुले नृत्य गरेका छन् ।
सुदर्शन थापाको निर्देशन रहेको चलचित्र फागुन २३ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा पुजा र पलका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा शिवम अधिकारी र दिनेश न्यौपानेको लेखन, सौरभ लामाको छायाँकन र बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रका सह निर्माता जन्मजय साम्पाङ राई हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri