This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
थारु भाषामा ‘म यस्तो गीत गाउँछु २’को प्रमोशन गीत

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले थारु र नेवारी भाषाको प्रमोशन गीत सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको प्रमोशनल गीत सार्वजनिक गरिएको हो ।
यही फागुन १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रमोशनका लागि तयार पारिएको थारु गीत भने बुधबार नै युट्युबमा पनि रिलिज गरिएको छ । नेवारी गीत भने बिहिबार युट्युब रिलिज हुने जनाइएको छ । सार्वजनिक थारु भाषाको गीतमा नरेश योगीको शब्द, संगीत छ भने योगी र मधु चौधरीको स्वर रहेको छ । चितवनमा छायाँकन गरिएको उक्त गीतमा थारु समुदायको संस्कृति झल्काइएको छ । गीतमा थारु समुदायका कलाकारका साथै चलचित्रका कलाकारद्वय पल शाह र पूजा शर्मालाई पनि देख्न सकिन्छ ।
यि दुबै गीत अभिनेता पल शाहको कन्सेप्टमा तयार पारिएका हुन् । उनैले गीत निर्माणको चाँजोपाँजो मिलाएका थिए । पूजाले कार्यक्रममा भाबुक हुँदै पलको साथ सहयोगको तारिफ गरिन । निर्देशक सुदर्शन थापाले आफुहरुले निकै मेहनतका साथ चलचित्र निर्माण गरेको भन्दै दर्शकलाई निराश नबनाउने जनाए ।
चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको अभिनय रहेको छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको चलचित्रलाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri