Suman Dahal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
अमेरिकाबाट सुमनको ‘शंका’

सर्ट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ । सुमन दाहलको निर्देशन रहेको सर्ट फिल्ममा चुडामणी अवस्थी, सविता चैलागाइ केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्याललगायतका कलाकारको अभिनय रहेको छ ।
सर्ट फिल्ममा चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर र मुकेश साहको मिक्सिंग तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको छ । सुदन डोटेल र सरोज प्याकुरेलले शवटाइटलको काम गरेको फिल्ममा सन्दिप अर्यालले ब्यबस्थापनको काम गरेका छन ।
श्रीमान श्रीमती बिचमा हुने शंकाले कस्तो अबस्था निम्ताउछ भन्ने कुरा फिल्ममा समेटिएको छ । फिल्मको कथाबारे प्रष्ट पार्दै निर्देशक दाहालले पारिवारिक समस्याको विषयलाई उठाएर शिक्षा, सचेतना फैलाउने खालको सन्देश मुलक सर्ट फिल्म बनाएको जनाएका छन् ।
सम्राट क्रियसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको सर्ट फिल्म अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र आसपासका क्षेत्रमा छायाँकन गरीएको हो । दाहाल पछिल्लो समय अमेरिका बाटै म्युजिक भिडियो र सर्ट फिल्म निर्माणमा सक्रिय रहदै आएका छन् ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi