This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ मा

अनमोल केसी र सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र २०७८ साल भदौ १८ गतेबाट प्रदर्शन हुनेछ । नारी दिवसको दिन एक पोस्टर सार्वजनिक महिलाहरुको महान पर्व हरितालिका तीजको छेकोमा चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको हो ।
यद्यपी यो चलचित्रको छायाँकन अझै सकिएको छैन । कोरोनाका कारण छायाँकन बिचैमा रोक्नु परेको थियो । निर्माण टिमले फागुन २७ गतेबाट बाँकी छायांकन सुरु गर्ने जनाएको छ ।
अभिनेत्री झरना थापा निर्देशित चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा छ भने मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले निर्देशक थापा र गुरुङलाई पटकथा तथा संवाद लेखनमा सहयोग गरेका छन् । चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल कल्याण सिंहको संगीत, संजय लामाको डिओपी, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota