Surakshya Panta
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘बुलाकी’मा यस्तो देखिइन सुरक्षा

अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर मंगलबार चलचित्र ‘बुलाकी’को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ । पोष्टरमा समाबेश सुरक्षाको क्यारेक्टर तस्बिरले दर्शकमाझ कौतुहलता पैदा गर्न सक्ने छ ।
लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्रमा कर्णाली भेगको जनजीवन, रितिथिति तथा संस्कृति समेटिएको जनाइएको छ । चलचित्रमा सुरक्षाका अलवा नरेन्द्र खड्का, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको पनि अभिनय रहेको छ ।
स्व. मोति बिष्टको प्रस्तुति रहेको चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । सौगात कँडेल सह निर्माता रहेको चलचित्रको छायाँकन डोल्पा, जाजरकोट र रुकुमका बिभिन्न स्थानमा गरिएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri