Sushil Paudel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
पहिलो सातामा ‘प्रसाद’को व्यापार २ करोड बढी, दोस्रो सातामा पनि पकड कायमै

पहिलो सातामा २ करोड ७ लाख ५ हजार १ सय ८२ रुपैयाँ ग्रस व्यापार गरेको चलचित्र ‘प्रसाद’ले दोस्रो सातामा पनि मल्टिप्लेक्स सहित देशभरका चलचित्र हलहरुमा आफ्नो पकड कायमै राखेको छ ।
आजबाट दोस्रो सातामा प्रवेश गरेको चलचित्रको मल्टिप्लेक्सहरुमा आक्रामक बुकिङ देखिएको छ । मल्टिप्लेक्सको ठूलो च्यानल क्यूएफएक्सले दोस्रो सातामा पनि उच्च शो दिएको छ । शुक्रबार ११ शो दिएको क्यूएफएक्सले शनिबार १३ शो दिएको छ । यस्तै अन्य मल्टिप्लेक्सले पनि प्रसादलाई प्रयाप्त शोहरु दिएका छन् । यता राजधानी र राजधानी बाहिरका झण्डै ४ दर्जन सिंगल थियटरमा समेत प्रसाद प्रदर्शनरत छ ।चलचित्रकर्मी र समिक्षकहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको प्रसादले दर्शकबाट समेत सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । दिनेश रातउत निर्देशित चलचित्रमा बिपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ । सुभाष थापाको निर्माण रहेको चलचित्रलाई शुशिल पौडेलले लेखेका हुन ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri