Sushil Shrestha
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘बादशाह जुट’को दोस्रो गीत सार्वजनिक

चलचित्र ‘बादशाह जुट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘सुसाइड गर्छु कि क्या हो मायामा’ बोलको रोमान्टिक गीतमा निर्देशक जोनी सिंह राणाको शब्द, कोशिस क्षेत्रीको संगीत, कोशिस र रुपक डोटेलको स्वर र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।
गीतमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का र केइशा रावतलाई फिचर गरिएको छ ।
आफूलाई बादशाह सम्झने दुई युवाको कथामा निर्माण भएको चलचित्र कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा सुशील, आमिर, रोशी र केइशाका अलवा रोविन तामाङ, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ । भने, प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन ।
जोनी सिंह राणाले निर्देशन गरेको चलचित्रलाई हर्क बहादुर कुँवर र भोज राज श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, उत्तम हुमागाईको छायाँकन, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत र दिर्घ खड्काको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri