Swastima Khadka   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक

लेन्सनेपाल २०७५ मंसिर २८

चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक गरिएको छ । भिडियो साझेदारी युट्युव मार्फत आइतबार टिजर सार्वजनिक गरिएको हो । टिजरमा अभिनेत्री स्वस्तिमा खडकालाई टेम्पो चालक र डेव्यु अभिनेता मुकुन भुषाललाई यात्रुका रुपमा देखाइएको छ । चलचित्र कथा पनि टेम्पोचालक महिलामा नै केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ । टिजर मार्फत चरित्र चित्रण र चलचित्रको कथा झल्काउन खोजिएको छ ।

भ्यालेन्टाइन डेको छेको पारेर फागुन ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई विनोद पोडेलले निर्देशन गरेका हुन । बिनोद नेपालको पहिलो फिल्म कलेज ओस्कर कलेजका प्रिन्सिपल पनि हुन । अविरल थापाले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रमा सुसन प्रजापतिको छायाँकन, कोशिस क्षेत्री र उदगम परियारको संगीत र निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ ।

चलचित्रमा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।