Udit Narayan Jha
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
उदित–दीपाले गरे चलचित्रकर्मी कल्याणकारी कोषमा पाँच लाख सहयोग
चर्चित गायक उदितनारायण झा र गायिका दीपा नारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १ सय एघार रुपैयाँ प्रदान गरेका छन् ।
एक सांगीतिक कार्यक्रमको लागि नेपाल आएकी गायिका दिपाले मंगलबार उक्त रकम कोषमा हस्तान्तरण गरेकी हुन् । झासँगै अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले जनही १ लाख १ सय एघार, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १ सय एघार र चलचित्रकर्मी महिला सशक्तिकरण समितिकी संयोजक गीता नेपालले ११ हजार १ सय एघार कोषमा प्रदान गरेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा कार्यरत चलचित्रकर्मी गम्भिर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ बर्ष अघि कोष स्थापना भएको थियो । कोषमा हालसम्म पाँच करोड रकम जम्मा भएको कोषकी संयोजक बशुन्धरा भुषालले बताउकी छिन । मंगलबार बोर्डमा आयोजित कार्यक्रममा सहयोग रकम प्रदान गर्ने चलचित्रकर्मीहरुलाई कदर पत्र समेत प्रदान गरियो ।
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora